रौतहटमा दुःखद घटनाः बाढीको पानीमा डुबेर ३ बालिकाले गुमाए ज्यान, ४ को उद्धार
२७ आश्विन २०८२, सोमबार १२:३०

काठमाडौं । रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर ३ जना बालबालिकाले ज्यान गुमाएका छन् भने ४ जनाको उद्धार गरिएको छ।
सात जना गौरतर्फ घाँस लिन आउँदै गरेको अवस्थामा सातै जना बाढीको पानीमा डुबेका थिए। जसमध्ये स्थानीयले ४ जनाको उद्धार गर्न सफल भएका थिए भने बाँकी ३ जनाको शव फेला परेको छ।
पानीमा डुबेर ज्यान गुमाउनेमा राजदेवी नगरपालिका–८ कि १३ वर्षीय आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठा रहेका छन्।
उनीहरूको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो। तीनै जनाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ।













