एनएलजी इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने, सहभागी बन्न यसरी दिनुहोस् आवेदन
२७ आश्विन २०८२, सोमबार १२:४८

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै यही असोज ३० गतेबाट तीन दिने उक्त तालिम सञ्चालन गर्ने जनाएको हो ।
कम्पनीका अनुसार उक्त तालिममा सहथागी हुनको लागि योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुले असोज २९ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिनुपर्ने छ । तालिममा सहभागि हुनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्ने छ ।














