पुँजी बजारमा सुधारः कारोबार भने खुम्चियो, अझै बाँकी नै छ राताम्यको डर!

२७ आश्विन २०८२, सोमबार १५:०६

काठमाडौँ । आइतबार राताम्य भएको शेयर बजार आज भने समालिएको छ । बजारमा सुधार आएसँगै लगानीकर्ताहरुमा सकारात्मक उत्साह छाएको हो । अघिल्लो कारोबारको दिन बजारमा भारी गिरावट आउँदा अधिकाशं लगानीकर्ताको लगानी बालुवामा पानि झै भएको थियो ।

नियामक अर्थमन्त्रालय र केन्द्रिय बैंक सक्रिय भई बजार सुधारका लागि काम गरी रहेका छन् । धितोपत्र बोर्ड सक्रिय नभएको भन्दै लगानीकर्ताले आइतबार साझ बोर्डको दैलोमा पुगेका थिए । बोर्डले बजार सुधारका लागि कार्यदलले पेश गरेको ९ बुँदा कार्यान्वयन चरणमा रहेको बताएसँगै बजार आज बढ्न पुगेको हो । नियामक निकाय सबै सकारात्मक रहेको हुँदा बजार विस्तारै लयमा जाने नै देखिन्छ ।

तर, अझै पनि शेयर बजारलाई बाधा गर्ने विषय हो राजनीति । जेन जी आन्दोलनपछि बनेको सरकारले प्रतिनिधि सभा विघटनको विषक्षमा ठुला दुई दल एमाले र कांग्रेस अदालतमा जाने बताइरहेका छन् । जसले गर्दा लगानीकर्तामा अनिश्चितता बढेको छ । शेयर बजारमा सबैभन्दा प्रभाव राजनीति अस्थिरताको हुँदै आइरहेको छ । अझै राजनीतिक सहमति भइ नसकेको कारणले गर्दा लगानीकर्ता लगानी गर्ने भने डराइरहेको अवस्था छ ।

साथसाथै, केन्द्रिय बैंकले बैंकहरूको लगानी क्षमता बढाउने, शेयर धितो कर्जामा सीमा हटाउने र दोस्रो बजारमा लगानी सहज बनाउने निर्णयहरू दीर्घकालीन रूपमा लाभदायक हुने देखिपनि अहिले भने त्यसको प्रभाव पर्ने नसकेको आंकलन लगानीकर्ताहरुको रहेको छ ।

अधिकांश सर्वसाधारण लगानीकर्ताले कम्पनीको मौलिक अवस्था, नाफा क्षमता र उद्योगको दीर्घकालीन सम्भावना भन्दा पनि बजारको हल्ला र सोशल मिडिया ट्रेन्डको पछाडि लाग्ने गरेका छन् । यही कारण बजारमा साँचो मूल्यभन्दा बढी वा कम मूल्यांकन हुने प्रवृत्ति बढ्दै गएको छ । विशेषगरी साना लगानीकर्ता र बजारको प्रवृत्तिबारे पर्याप्त ज्ञान नभएकाहरूका लागि अहिलेको अवस्था अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ । बजार माथि जाने संकेत देखिँदा हतारमा लगानी गर्नेहरू क्षणभरमै घाटामा पर्ने गरेको उदाहरण हरेक दिन देखिन्छ । एकातिर केही ठूला लगानीकर्ता र दलाल समूहले बजारको मनोविज्ञानमा खेल्दै छोटो अवधिमा नाफा लिन खोज्ने रणनीति बनाइरहेका छन् भने अर्कातिर सामान्य लगानीकर्ता त्यसैको चपेटामा परिरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.२५ अकंले बढेर २५४७.६० बिन्दुमा आइपुगेको छ । आज ३३० कम्पनीको ९९ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो।

आज १३ वटै उपसूचकमा हरियाली आएको छ । वाणिज्य बैंक समूहको ०.२८ प्रतिशत, विकास बैक समूहको १.४१ प्रतिशत, फाइनान्स समूहको १.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.३५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*