एनआरएन इन्फ्रास्टक्चर र नेपाल रिको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
२७ आश्विन २०८२, सोमबार १५:१०

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ३३० वटा कम्पनीहरुको ९९ लाख चार हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ चार अर्ब ९७ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एनआरएन इन्फ्रास्टक्रको ३१ करोड ८८ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको २६ करोड ४७ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । सोमबार कारोबार भएका सम्पूर्ण इन्डेक्सहरुमा हरियाली छाएको छ । आज बैंकिङ्ग इन्डेक्स ३.८५ अंक अर्थात ०.२८ प्रतिशत, होटल्स एण्ड टुरिज्मको ३.३५ प्रतिशत, हाइड्रोपावरको २.१० प्रतिशतले बृद्धि भएको छ ।














