तिहारमा फोर्थिङको धमाका अफर : गाडी किन्दा आइफोन १७ प्रोदेखि निःशुल्क बीमा र चार्जरसम्म

काठमाडौँ । लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालि, नेपालमा फोर्थिङ ब्रान्डको आधिकारिक वितरकले तिहारको अवसरमा विशेष अफर ‘फोर्थिङ तिहार भाइब’ घोषणा गरेको छ । असोज २७ देखि कात्तिक ३ गतेसम्म लागू हुने यस अफरअन्तर्गत ग्राहकहरूले शैली, प्रदर्शन र नवीनताको संगम भएको फोर्थिङको प्रिमियम विद्युतीय गाडी ‘फोर्थिङ फ्राइडे’ विशेष सुविधासहित खरिद गर्न सक्नेछन् ।
अभियान अवधिभर गाडी खरिद गर्ने ग्राहकहरूका लागि कम्पनीले आकर्षक अफरहरू उपलब्ध गराउने जनाएको छ । यसमा प्रारम्भिक बुकिङ गर्ने ग्राहकले आइफोन १७ प्रो जित्ने अवसर पाउनेछन् । साथै चित्ताकर्षक नगद छुट, ८ वर्षको वारेन्टी, ६ वर्षसम्मको निःशुल्क मर्मत सेवा, घरमै ७ किलोवाट क्षमताको चार्ज यन्त्र जडान, अतिरिक्त पाङ्ग्रा, एक वर्षको निःशुल्क बीमा र सडक करसमेत कम्पनीले व्यहोर्ने व्यवस्था गरिएको छ ।
फोर्थिङ फ्राइडे गाडी आधुनिक डिजाइन र सुरक्षात्मक प्रविधिले सुसज्जित छ, जसले नेपाली बजारमा नयाँ स्तरको प्रिमियम ईभी अनुभव दिलाउने दाबी गरिएको छ । यसमा ६४.४ किलोवाट घण्टाको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले अनुमोदित मापदण्डअनुसार ४०० किलोमिटरसम्मको दूरी पार गर्न सक्ने क्षमता राख्दछ । गाडी शहरभित्रको दैनिक यात्रा र साप्ताहिक घुमफिर दुवैका लागि उपयुक्त मानिएको छ ।
गाडीको भित्री संरचना पनि उच्चस्तरीय बनाइएको छ । चालक र यात्रुको सुविधा लक्षित गर्दै यसमा प्रिमियम मसाज स्पोर्ट्स सिट र विशेष संस्करणमा विद्युतीय टेलगेट (पिछाडिको ढोका) जडान गरिएको छ । भित्री सजावट र प्रविधिक समावेशले यो गाडीलाई दिगो र विलासी दुवै बनाएको कम्पनीको दाबी छ ।
अभियानबारे जानकारी दिँदै लक्ष्मी ई–मोबिलिटीका प्रतिनिधिले भने, ‘फोर्थिङ तिहार भाइब केवल अफर होइन, यो तिहारको रौनक ग्राहकहरूसँग साझा गर्ने हाम्रो माध्यम हो। हामी सफा, आधुनिक र भावनात्मक यात्रातर्फ अघि बढ्दैछौं, र फोर्थिङ फ्राइडे चलाउँदा ग्राहकले प्रविधिसँगै उत्सवको भावना पनि महसुस गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो’ ।
कम्पनीले ग्राहकहरूलाई थापाथली र नमसालस्थित फोर्थिङ प्रदर्शन कक्षहरूमा आमन्त्रण गरेको छ, जहाँ इच्छुकले गाडी नजिकबाट अवलोकन गर्न, परीक्षण यात्रा गर्न र व्यक्तिगत परामर्श सेवा लिन सक्नेछन् । तिहारको यो उत्सवमा फोर्थिङ फ्राइडेले नेपाली विद्युतीय गाडी बजारमा नयाँ उत्साह थप्ने कम्पनीको विश्वास छ ।














