छोराको जन्मदिनमा सन मेडिकेयर सुविधा सहितको बीमा पोलिसी उपहार
२७ आश्विन २०८२, सोमबार १७:००

काठमाडौं । पछिल्लो समय वैवाहिक वर्षगाँठ, विवाह, जन्मदिन लगायतका विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जुन विश्व समुदायको लागि नै उत्कृष्ट पक्ष हो ।
यसैक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जोगबुडा कार्यालयबाट कैलाली जिल्लाको गौरीगगां नगरपालिका ४ राजिपुर बस्ने तेज बहादुर कामी ले आफनो छोरा ओम प्रकाश बिकलाई बीमा पोलिसी उपहार दिएका छन् ।
उनले आफ्नो छोराको २१ औ जन्मदिनको उपलक्ष्यमा नेपालको बीमा इतिहासमा नया पृथक सुबिधा (सन मेडिकेयर) आपतमा राहात सहित पाँच लाखको सन लाईफ साबधिक बीमा उपहार दिएका छन् ।













