सानिमा बैंकको प्रमुख शेयरधनीहरु मध्यमा सन नेपाल लाइफ, अन्य कुनको कति

काठमाडौँ । सानिमा बैंकका ठूला लगानीकर्तामध्ये सन नेपाल लाइफ इन्स्योरेन्स पनि प्रमुख शेयरधनीको रूपमा रहेको छ । बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक वर्षको विवरण अनुसार सन नेपालसँग ६१ लाख १४ हजार ९०० कित्ता शेयर छ जसले बैंकमा ४.५० प्रतिशत स्वामित्व प्रतिनिधित्व गर्दछ ।
०.५ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएका १५ जना ठूला शेयरधनीहरू रहेका छन् । जसमा सन नेपाल लाइफ चौथो नम्बरमा परेको छ ।
बैंकमा सबैभन्दा बढी स्वामित्व अरुण कुमार ओझाले ओगटेका छन् । उनीसँग १ करोड ७ लाख ८१ हजार ५४२ कित्ता शेयर रहेको छ, जसले बैंकमा ७.९४ प्रतिशत स्वामित्व सुनिश्चित गरेको छ । दोस्रो स्थानमा टेक राज निरौला रहेका छन्, जसले ८६ लाख ७४ हजार ५७० कित्ता (६.३९ प्रतिशत) शेयर स्वामित्व राखेका छन् ।
तेस्रो ठूलो लगानीकर्ताको रूपमा जिवनाथ लामिछाने रहेका छन् । उनीसँग ७२ लाख ३१ हजार ९१४ कित्ता, अर्थात् ५.३२ प्रतिशत स्वामित्व रहेको छ ।
त्यसैगरी, कर्मचारी संचय कोषले पनि बैंकमा उल्लेख्य स्वामित्व सुरक्षित गरेको छ । कोषसँग ५८ लाख १४ हजार १६ कित्ता (४.२८ प्रतिशत) शेयर रहेको विवरणमा उल्लेख छ । त्यसपछि विनय कुमार श्रेष्ठसँग ५७ लाख ५१ हजार २०८ कित्ता (४.२३ प्रतिशत), अमला इनभेष्टमेन्टसँग ५३ लाख ३९ हजार ५८२ कित्ता (३.९७ प्रतिशत), खेमराज लामिछानेसँग ४६ लाख ७२ हजार ४५६ कित्ता (३.४४ प्रतिशत) र घनश्याम थापासँग ४५ लाख ९७ हजार ९३७ कित्ता (३.३९ प्रतिशत) शेयर रहेको छ ।
त्यस्तै रामकृष्ण शाहले ३३ लाख ७९ हजार ९०१ कित्ता (२.४९ प्रतिशत) र सोनम ग्याल्सोले १२ लाख ४६ हजार ५०७ कित्ता (०.९२ प्रतिशत) शेयर स्वामित्व राखेका छन् ।
अन्य प्रमुख लगानीकर्तामध्ये शाम्बा लामासँग १० लाख ७३ हजार ९८ कित्ता, दिलीप श्रेष्ठसँग ९ लाख ३९ हजार १६३ कित्ता, मनोकामना क्यापिटल इन्भेस्टमेन्टसँग ७ लाख ८३ हजार ७०१ कित्ता र गीता क्षेत्रीसँग ७ लाख ७५ हजार ५०९ कित्ता शेयर रहेको बैंकको सार्वजनिक विवरणमा उल्लेख गरेको छ ।













