श्रीनगर एग्रीगेटको आइपीओमा मागभन्दा साढे ४ गुणा बढी आवेदन

२७ आश्विन २०८२, सोमबार १८:१८

काठमाडौं। श्रीनगर एग्रीटेकको इन्डस्ट्रिजको आइपीओमा दोस्रो दिनसम्म माग भन्दा साढे चार गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १० लाख ३१ हजार ९४१ जनाले आवेदन दिएका छन् ।

कम्पनीको आइपीओमा एक अर्ब १६ करोड ५६ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ५६ हजार ६३० कित्ताका लागि आवेदन परेको छ । जुन मागभन्दा ४ गुणा बढी हो ।

कम्पनीले असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीहरुका लागि १ लाख २३ हजार ९७५ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*