सानिमा बैंकका सीईओ पाण्डेले एक दिनमा कमाउँछन् ३२ हजार, वार्षिक तलब भत्ता १ करोड १९ लाख

२७ आश्विन २०८२, सोमबार २०:३४

काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल राज पाण्डेले गत आर्थिक वर्षमा एक करोड १९ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक, भत्ता तथा सुविधा बापत बुझेका छन् । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार पाण्डेले सो अवधिमा कुल १ करोड १९ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।

सोही आधारमा उनले एक दिनमै झण्डै ३२ हजार ७०१ रुपैयाँ पारिश्रमिक पाउने गरेका छन् । बैंकको उच्च व्यवस्थापन टोलीमध्ये अन्य प्रमुख व्यवस्थापकहरूले भने सो अवधिमा करिब ५ करोड ५९ लाख ६६ हजार रुपैयाँ पारिश्रमिक, भत्ता र सुविधा बापत प्राप्त गरेको उल्लेख गरिएको छ ।

बैंकको वार्षिक प्रतिवेदनमा सीईओ पाण्डेलाई तलब, भत्ता तथा अन्य सुविधाका साथै प्रचलित बोनस ऐनअनुसार बोनस पनि प्रदान गरिएको उल्लेख छ ।

यस्तै, बैंकले कर्मचारी विनियमावलीअनुसार प्रमुख कार्यकारी अधिकृतसहित अन्य व्यवस्थापकहरूलाई कर्जासापट लगायतका अन्य सुविधा उपलब्ध गराएको जनाएको छ । पारिश्रमिक सम्बन्धी विस्तृत विवरण भने बैंकको वार्षिक वित्तीय विवरण अन्तर्गत लेखा सम्बन्धी टिप्पणीमा उल्लेख गरिएको छ ।

सानिमा बैंकले हाल आफ्ना सेवा तथा व्यवसायिक विस्तारमा तीव्रता ल्याउँदै आएको छ । बैंकले देशभरका विभिन्न साखा कार्यालयमार्फत खुद्रा र संस्थागत दुवै खालका ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*