नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको दशौं वार्षिक साधारणसभा सम्पन्न
२८ आश्विन २०८२, मंगलवार ०७:१८

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको दशौं वार्षिक साधारणसभा आश्विन २७ गते सम्पन्न भएको छ। सभा नेपाल एसबिआई बैंकको कमलादीस्थित प्रधान कार्यालयमा सम्पन्न भएको हो।
सभाले कम्पनीको आर्थिक वर्ष (आव) २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८२ को वासलात, आव २०८१/८२ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ।
सभाले कम्पनीका शेयरधनीलाई चुक्ता पुँजीमा २५ प्रतिशतका दरले ५ करोड रुपैयाँ बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।
उक्त साधारणसभाले आव २०८२/८३ को कम्पनीको लेखापरीक्षण गर्नका लागि मेशर्स ए.पि. एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ।













