तेह्रथुम पावर कम्पनीले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले कात्तिक १७ गते सोमबार ८औं वार्षिक साधारसभा बोलाएको छ। सभा काठमाडौंका बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा दिउँसो साढे १२ बजेदेखि शुरू हुनेछ।
सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ।
त्यसैगरी नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेतलाई मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव भने समावेश गरेको छैन। सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले कात्तिक ११ गतेसम्म कायम शेयरधनीहरू उक्त सभामा भाग लिन सक्नेछन्।













