अमेरिकामा अर्थमन्त्री खनालले गरे चेम्बर अफ कमर्सलाई सम्बोधन

२८ आश्विन २०८२, मंगलवार ०९:०५

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल हाल विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा छन्।

उनले अमेरिकाको चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टू द हार्टल्याण्ड ः अमेरिका नेपाल साझेदारीको बजबुती शीर्षकको बिजनेस डायलोगलाई सम्बोधन गरेका छन्। सम्बोधन गर्दै मन्त्री खनालले नेपालको आर्थिक सुधार, लगानीको वातावरण र निजी क्षेत्रसँगको सहकार्यका सम्भावनाहरूबारे धारणा राखेका छन्।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारीहरू तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरूको उपस्थिति रहेको थियो।

यसैबीच मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–प्रबन्ध निर्देशक बो लिबीसँग भेटवार्ता गरी नेपालको वित्तीय स्थायित्व, मौद्रिक नीति र सहकार्यका विषयमा विस्तृत छलफल गरेका छन्।

भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसहित दूतावास र कोषका अधिकारीहरूको पनि सहभागिता रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*