विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

२८ आश्विन २०८२, मंगलवार ०९:१७

काठमाडौं । हमासले बन्धक बनाएर राखेको विपिन जोशी सहित ४ जनाको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हमासले सोमबार रेडक्रस मार्फत् विपिन जोशी सहित अन्य ४ जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो।

हमासले यसअघि जीवित रहेका २० जना इजरायली बन्धकहरू रेडक्रस मार्फत् इजरायल सरकारलाई हस्तान्तरण गरिसकेको छ। जीवित बन्धकको हस्तान्तण गरिसकेपछि अब क्रमशः मृतक बन्धकको शव हस्तान्तरण गर्न लागिएको हो।

द टाइम अफ इजरायलका अनुसार हमासले सोमबार विपिन जोशीको शवसँगै गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको छ। सन २०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गर्ने क्रममा विपिन जोशीलाई बन्धक बनाएर लगेको थियो।

विपिन जोशी उक्त आक्रमण हुनुभन्दा एक महीनाअघि मात्रै लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए। हमासको आक्रमणमा परी कम्तीमा १० जना नेपालीले ज्यान गुमाएका थिए भने ६ जना घाइते भएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*