तीनकुनेमा राति भयानक मोटरसाइकल दुर्घटना, कैलालीका समिर चौधरीको मृत्यु

२८ आश्विन २०८२, मंगलवार १४:०९

काठमाडौं । काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गत राति मोटकर साइकल ओभरस्पीड भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा ६८प ४१५३ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*