नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीकोे शेयरमा झुम्मिए लगानीकर्ता
२८ आश्विन २०८२, मंगलवार १५:०७

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज विभिन्न सेक्टरका ३१७ वटा कम्पनीको तीन अर्ब ३६ करोड रुपैयाँ कारोबार भएको छ । जसमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको आज कुल ३२ करोड सात लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
साथै, हिमालयन रि इन्स्योरेन्सको १६ करोड नौ लाख रुपैयाँ, सीईडीबि होल्डिङ्सको १२ करोड ६८ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १० करोड १८ लाख रुपैयाँ र शिवम् सिमेन्टको ८ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।














