दुई महिनामै साढे तीन खर्ब रेमिट्यान्स भित्रियो, भदौमा ३३ प्रतिशतले बढ्यो

२८ आश्विन २०८२, मंगलवार १७:०९

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनामा नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। केन्द्रीय तथ्याङ्क अनुसार सो अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.३८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२८७ अर्ब ७६ करोड रहेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९०,१९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५,८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६,४८५ र ४०,५८३ रहेको थियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*