दुई महिनामा दुई खर्ब २८ अर्बको अन्तरबैंक कारोबार
२८ आश्विन २०८२, मंगलवार १७:३५

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाबीच दुई महिनामा दुई खर्ब २८ अर्ब ७४ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार चालु आवको दुई महिनामा वाणिज्य बैंकहरूको एक खर्ब ९८ अर्ब ९ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको हो ।
साथै, समीक्षा अवधिमा अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ३० अर्ब ६५ करोड गरी कुल रु.२२८ अर्ब ७४ करोडको अन्तर–बैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको एक खर्ब ९० अर्ब १० करोड र अन्य वित्तीय संस्थाहरूको तीन अर्ब ६० करोड गरी कुल एक खर्ब ९३ अर्ब ७० करोडको अन्तर बैंक कारोबार भएको थियो।












