भदौ मसान्तसम्ममा ६७ खर्ब ८५ अर्ब तरलता प्रशोचन

२८ आश्विन २०८२, मंगलवार १८:०५

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनाको अवधिमा निक्षेप सङ्कलन बोल कबोल मार्फत ४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधा मार्फत ६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल ६७ खर्ब ८५ अर्ब ६० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार यस्तो देखाएको हो ।

बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत पटक–पटक गरी खुद ४४ खर्ब ७६ अर्ब ४५ करोड तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ६ करोड खुद खरिद गरी १ खर्ब ४९ अर्ब ४२ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी १ खर्ब ११ अर्ब ९७ लाख तरलता प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ३८ करोड बिक्री गरी ५३ अर्ब २४ करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५६ करोड बिक्री गरी ७५ अर्ब ३९ करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*