जेन जी आन्दोलन चर्किने संकेतपछि आन्तरिक तयारीमा सेना, सुदूरपश्चिम पृतनाले सैनिकलाई गरायो ब्रिफिङ

धनगढी । जेन जी आन्दोलन थप चर्किन सक्ने संकेतदिदै नेपाली सेनाले देशभर आन्तरिक तयारी सुरु गरेको छ । राजनीतिक अस्थिरता र आन्दोलनको प्रभाव बढ्दै गएको आकलन गर्दै सेनाले आफ्ना सबै पृतनाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
जंगी अड्डाबाट सबै पृतनाहरुलाई पठाइएको ब्रिफिङपछि सेनाले आन्दोलन नियन्त्रण र सम्भावित अस्थिरता व्यवस्थापनका लागि तयारी योजनामा प्रवेश गरेको छ । सेनाले अहिले देशभरका आठै पृतनालाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।
सो क्रममा सुदूरपश्चिम पृतनाले पनि आज साझ आफ्ना सबै गण र गुल्मका सैनिकहरूलाई भेला गराएर परिस्थितिको जानकारी गराएको छ । आन्दोलन सम्भावित घटनालाई लिएर सम्पुर्ण सैनिकलाई तालिम र ब्रिफिङ दिएको हो ।
अहिलेको राजनीतिक परिस्थितिलाई असामान्य रूपमा हेरिएको छ । जेन जी आन्दोलनको विरोध स्वरुप दलहरूसमेत त्यसको प्रभावमा सडकमा आउने सम्भावना देखिएकाले सेना सतर्क अवस्थामा रहेको बताइएको छ ।














अहिले राजनीति भने एक अनौपचारिक खेल भएको छ भनेर भन्न सकिन्छ। जेन जी आन्दोलन चल्दै बीमा दावी भुक्तानी गर्दै आउँदैछन्! सेना त तालिम दिएको छ तर राजनीतिकरहरू त अब खेल खेल्दै आउँछन्। एउटा असामान्य राजनीतिक परिस्थिति भएको छ भनेर लेखिएको छ, त्यो असामान्य भएको छ वा खेल भएको छ भन्ने त्यो त आफू नै निर्णय गर्नुपर्छ!deltarune prophecy