नारायणी डेभलपमेन्ट बैंकको झण्डै २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२९ आश्विन २०८२, बुधबार ०८:२६

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

नेपाल राष्ट्र बैंकको निर्दशन अनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्। इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित भरतपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नछ।

यदि तोकिएको समयावभिधित्र संस्थापक शेयरधनीबाट सो शेयर खरीदका लागि कुनै निवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*