सभामुख घिमिरेद्वारा राजनीतिक दलहरूसँग छलफल

२९ आश्विन २०८२, बुधबार ११:२६

काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन्।

सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहेका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दलका प्रतिनिधि सहभागी छन्।

पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*