नेपाल बैंकका ग्राहक र कर्मचारीलाई शंखमुलको लिफ प्लसमा छुट

२९ आश्विन २०८२, बुधबार १२:१८

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रा. लि को सामान किन्दा छुट दिइने भएको छ।

बैंकका अनुसार उक्त कम्पनीले उत्पादन र बिक्री गरेको पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तुहरु जस्तै प्लेट, कचौरा, थाल, चम्चा आदि किन्दा छुट दिइने भएको हो।

कम्पनीको वेबसाइट र तोकिएको ह्वाट्सएप नम्बर मार्पmत खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भुक्तानी गर्दा बिलमा २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले बताएको छ।

उक्त सम्झौता पत्रमा मिति असोज २७ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*