जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ, १ लाख ८६ हजार रुपैयाँ बरामद

२९ आश्विन २०८२, बुधबार १३:३८

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा मंगलबार साँझ काभ्रे र कञ्चनपुरमा गरी १८ जनालाई पक्राउ गरेको छ भने जुवाखालबाट १ लाख ८६ हजार नगद र ३१ बुक तास बरामद गरेको छ।

काभ्रेको पनौती नगरपालिका–९ नौबिसेफाँटस्थित सुदर्शन पौडेलले सञ्चालन गरेको फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले उनीहरूलाई १ लाख २२ हजार ८४५ रुपैयाँ र २७ बुक तास बरामद गरेको छ।

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित बिर बहादुर विष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उक्त जुवाखालबाट ६३ हजार ५०० रुपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*