दुई पुनर्बीमाको सर्वाधिक कारोबार, बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीर्ता

२९ आश्विन २०८२, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । आज विभिन्न सेक्टरका ३१८ वटा कम्पनीहरुको तीन अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज पनि नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५४ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

साथै, हिमालयन रि इन्स्योरेन्सको १३ करोड ४९ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १२ करोड ९८ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको नौ करोड रुपैयाँ र हिमालयन डिस्टीलरीको आठ करोड २५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*