पुँजी बजार राताम्य हुँदा २४ सय बिन्दुमा परिसूचक: कारोबारमा भारी गिरावट, त्रसित लगानीकर्ता बिक्री तिर हाबि

२९ आश्विन २०८२, बुधबार १५:०७

काठमाडौँ । आज पनि शेयर बजार ओरालो लागेको छ । लगातार गिरावटका कारण लगानीकर्ताको ठूलो रकम गुमेको छ र उनीहरू आफ्नो लगानी बालुवामा पानी झैँ झर्दा जस्तो अनुभव गरिरहेका छन् । बजार विश्लेषकका अनुसार जेन जी आन्दोलन र अन्तिम सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटले बजारको मनोबल कमजोर पारेको छ ।

हालको राजनीतिक अस्थिरताका कारण नियामक निकायका सकारात्मक पहल र नीतिगत सुधारहरूको तत्काल प्रभाव देखिन सकिरहेको छैन । बैंकहरूको लगानी क्षमता बढाउने, शेयर धितो कर्जाको सीमा हटाउने र दोस्रो बजारमा लगानी सहज बनाउने सरकारी निर्णयहरू दीर्घकालीन लाभदायक भए पनि हालको बजारमा यसको असर न्यून देखिएको छ ।

शेयर बजारमा सुरुबाटै देखिएको भारी गिरावटले लगानीकर्तालाई आत्तिएर शेयर बेच्न उत्राएको छ, जसले बजारलाई अझ राताम्य बनाएको छ । राजनीतिक अवस्था अझै स्पष्ट नभएकोले लगानीकर्तामा त्रास बढिरहेको छ र बजार स्थायित्व फर्किन समय लाग्ने अनुमान गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.३८ अकंले घटेर २४९९.७८ बिन्दुमा आएको छ । आज ३१८ कम्पनीको ७२ लाख ९६ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.५४ प्रतिशत, विकास बैंक समूहको १.५७ प्रतिशत, फाइनान्स समूहको १.३१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*