बुधबार ४० कम्पनीको शेयरमूल्यमा हरियाली, कसको कतिले बढ्यो ?
२९ आश्विन २०८२, बुधबार १५:११

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४० वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आज समता घरेलु लघुवित्त र क्रेष्ट माइक्रो लाइफको सबैभन्दा बढी प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
साथै, बुधबार मातृभुमि लघुवित्त, विभिन्न क्यापिटलहरुका फण्ड तथा डिभेन्चरहरुको शेयरमूल्य बृद्धि भएको छ ।














