२१ अर्ब रूपैयाँको ५० को नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का

२९ आश्विन २०८२, बुधबार १६:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रूपैयाँका ४२ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। केन्द्रिय बैंकले चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कोअपरेशनले यो ठेक्का दिएको हो।

५० रूपैयाँका ४२ करोड थान नोटको मूल्य २१ अर्ब बराबर हुन्छ। चिनियाँ कम्पनीले १० करोड ४२ लाख डलर लागतमा ५० रूपैयाँको नोट छाप्ने भएको हो। राष्ट्र बैंकमा हालै नियुक्त गभर्नर डा।विश्वनाथ पौडेलले ५० र हजारको नोट छाप्ने पहिलो निर्णय गरेका थिए। नेपाल राष्ट्र बैंकले हालै मात्र चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ।

पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*