बीमा प्राधिकरणका सहायक निर्देशक दिवस पोखरेलद्वारा पद बहाली
२९ आश्विन २०८२, बुधबार १७:२६

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयमा सहायक निर्देशक पदमा दिवस पोखरेलले पद बहाली गरेका छन् । प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले पोखरेललाई भव्य रुपमा स्वागत गर्दै पद बहाली गराएको हो ।
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रले भने, ‘हामिलाई विश्वास छ कि, तपाईंको ऊर्जा र नयाँ विचारहरूले यस कार्यालयलाई लाई नयाँ उचाइमा पुर्याउनेछ ।’ साथै उनले पोखरेललाई उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरेका छन् ।













