माओवादी नेता महरालाई थुनामा पठाउन आदेश

२९ आश्विन २०८२, बुधबार १७:५९

काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएको छ ।

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले गत आइतबार पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउन आदेश दिएको छ । महराको तर्फबाट बुधबार अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए ।

सीआईबीले हिजो (सोमबार) महरालाई अभियोगपत्रसाथ एकै पटक अदालतमा उपस्थित गराएको थियो । उनीविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*