मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

३० आश्विन २०८२, बिहीबार ०६:३३

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम दिन रहेको छ।

बैंकको आगामी कात्तिक १५ गते होटल पोखरा ग्राण्डमा बिहान १० बजे हुन लागेको १९औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज ३१ गते बुक क्लोज हुँदैछ।

सभाले चुक्ता पूँजीको १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै अन्य उपयुक्त बैंकसँग मर्जर, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतीका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको सेवा, सुविधा पुनरावलोकन गर्ने लगायतका विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*