अर्थमन्त्री खनाल र एडीबी प्रमुखबीच भेट, नेपालका विकास परियोजनाको गति र चुनौती बारे छलफल
३० आश्विन २०८२, बिहीबार ०७:१७

काठमाडौं । विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन्।
भेटवार्तामा नेपालमा एडीबीको सहयोगमा सञ्चालनमा रहेका विकास परियोजनाहरूको प्रगति, देखिएका चुनौतीहरू र भविष्यका प्राथमिकतामाथि विस्तृत रूपमा भएको थियो।
छलफलका क्रममा दुवै पक्षले परियोजनाको कार्यान्वयनलाई थप गतिशील बनाउने र नेपालका दिगो विकासका लक्ष्यहरू हासिल गर्न सहकार्य बलियो बनाउने प्रतिबद्धता जनाएका थिए।
भेटमा अमेरिकास्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका अन्य सदस्यहरू र एडीबीका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।













