कालीमाटीमा इस्कुस ८ रुपैयाँ किलोमै फालाफाल

३० आश्विन २०८२, बिहीबार ०८:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ३० गतेका लागि फलफूल तथा तरकारीको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार आज इस्कुस ८ रुपैयाँ, सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ र तने बोडी १७० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।

त्यसैगरी तीते करेला ९० रुपैयाँ, लौका ७० रुपैयाँ, रायो र चमसुरको साग १८० रुपैयाँ, तोरीको साग ९० रुपैयाँ, मेथीको साग २८० रुपैयाँ, पालुगो साग २२० रुपैयाँ र कन्य च्याउ १७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*