साना किसान विकास लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?

३० आश्विन २०८२, बिहीबार ०८:३८

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। कम्पनीले रिक्त सीईओ पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो।

यसका लागि चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन/बैंकिङ्ग/वित्तीय/मौद्रिक/अर्थशास्त्र/वाणिज्यशास्त्र/लेखाशास्त्र/तथ्यांकशास्त्र/गणिगशास्त्र/व्यापार प्रशासन/जनप्रशासन/कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्ष काम गरेको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ५ (घ) बमोजिम अयोग्य नभएको हुनु पर्नेछ।

त्यस्तो योग्यता भएको व्यक्तिले आवश्यक कागजातहरू सहित आउँदो कात्तिक १९ गतेभित्र काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खामबन्दी आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*