कछुवा गतीमा काम गर्ने २१ कम्पनी कालोसूचीमा

३० आश्विन २०८२, बिहीबार १०:४८

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचना अनुसार तीनवटा कम्पनीलाई दुई वर्षका लागि अरु १९ कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

काम सन्तोषजनक नभएकाहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*