उपभोक्ता समितिको रकममा भ्रष्टाचारः प्रदेश सांसद सहित १६ जना विरुद्ध मुद्दा दर्ता

३० आश्विन २०८२, बिहीबार १२:०९

काठमाडौं । उपभोक्ता समितिको खाताको रकम झिकेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सांसद सहित १६ जना विरुद्ध मुद्दा चलाएको छ।

अख्तियारका अनुसार महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहले उपभोक्ता समितिको रकम आफ्नो स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई झिक्न लगाएर श्रीमतीको खाता हाल्न लगाउने गरेको पाइएको छ।

सांसद सिंहले त्यसो गरेबापत स्वकीय सचिवलाई घुस पनि दिने गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ। सांसद सिंहले त्यसरी थुप्रै उपभोक्ता समितिको रकम भ्रष्टाचार गरेको भन्दै ३८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर अख्तियारले मुद्दा चलाएको हो।

यसअघि उनको स्वकीय सचिवलाई अख्तियारले पक्राउ गरेपछि भ्रष्टाचार काण्डमा मुछिएँ भन्दै काठमाडौं आएका थिए। उनलाई पनि अख्तियारले काठमाडौंमै पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*