बजार निरन्तर घट्न थालेपनि लगानीकर्ता पुगे धितोपत्र बोर्डको दैलोमा

३० आश्विन २०८२, बिहीबार १५:५८

काठमाडौँ । शेयर बजार लगातार ओरालो लागिरहेपछि असन्तुष्ट लगानीकर्ताहरू धितोपत्र बोर्डको कार्यालय पुगेर आक्रोश पोखेका छन्। उनीहरूले बोर्डको नियमन र निर्णय प्रक्रियाले बजारमा थप गिरावट ल्याएको आरोप लगाएका छन्। धितोपत्र बोर्डले बजार स्थिरता र पारदर्शिताका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा उनीहरूको करोडौंको लगानी जोखिममा परेको लगानीकर्ताहरुको भनाई छ ।

लगानीकर्ताको हितका लागि सक्रिय पाँच संस्थाका प्रतिनिधिहरू संयुक्त रूपमा बोर्डमा पुगेका हुन्।

शेयर बजार पछिल्ला हप्ताहरूमा निरन्तर राताम्य अवस्थामा रहँदा लगानीकर्ता थप निराश बनेका छन्। राष्ट्र बैंकले शेयर धितो कर्जासम्बन्धी सीमा हटाउनेजस्ता पहल गरे पनि बजारमा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव देखिएको छैन। यस्तोमा लगानीकर्ताले बोर्डले सक्रियता नदेखाए बजारमा थप मन्दी आउने चेतावनी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*