आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच ‘कर्मचारी कर्जा’ सम्बन्धि सम्झौता

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच ‘कर्मचारी कर्जा’ सम्झौता सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका आयोजना गरी आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरुलाई ‘कर्मचारी कर्जा’ प्रदान गर्ने सम्बन्धि सम्झौतापत्र भएको हो ।
उक्त सम्झौता पत्रमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट प्रमुख व्यपार केन्द्र अधिकृत लेख बहादुर पुनले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा लघुवित्त संस्थाको तर्फबाट सहायक महाप्रवन्धक मनरुपा पौडेल, प्रमख व्यापार अधिकृत चन्दन कुमार सरदार तथा विभागीय प्रमुख टोप बहादुर रास्कोटी र पभु बैंकको तर्फबाट वागमती प्रदेश (३) का मुख्य अधिकृत शम्भु नेपाल तथा धुलिखेल शाखाका शाखा प्रमुख किशोर कुमार घिमिरे सहभागी हुनु भएको थियो ।
उक्त समझदारी मार्फत आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा समर्पित र प्रतिवद्ध टिम सदस्यहरुलाई सहज, छिटो छरितो र विश्वसनीय वित्तीय पहुंच प्रदान गर्ने उदेश्य राखिएको छ । यो सहकार्यले कर्मचारीहरुलाई आफ्ना व्यक्तिगत तथा व्यवसायिक आवश्यकता पुरा गर्न सहयोग पुराउंदै, उत्प्रेणा र आर्थिक सशक्तिकरण दुबैलाई प्रवद्र्धन गर्ने विश्वास लिईएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस अवसरमा प्रभु बैंकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै, यस साझेदारीले संस्थागत सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेको छ । साथै सम्पुर्ण कर्मचारीहरुललाई यस सुविधाको सदुपयोग गर्र्देै आफ्नो वित्तीय यात्रा सहज वनाउन उत्साहित गरेको छ ।













