मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?
३१ आश्विन २०८२, शुक्रबार ०८:०६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारणसभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो।
नेप्सेले बिहीबार कारोबार समयपछि बैंकले वितरण गर्न लागेको १३.५३ प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन गरेको हो। समायोजनपछि बैंकको प्रतिकित्ता शेयरमूल्य ३८३.६० रुपैयाँ कायम भएको छ।
नेप्सेले बैंकको कारोबारपछिको अन्तिम मूल्य ४३५.५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो। अब आइतबारदेखि समायोजित मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार खुल्नेछ।













