पिपुल्स हाइड्रोपावरको २ करोड ६५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

३१ आश्विन २०८२, शुक्रबार ११:०९

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको २ करोड ६५ लाख ६१ हजार ८०० कित्ता शेयरको लकइन अवधि मंसिरमा सकिने भएको छ।

कम्पनीको संस्थापक समूहतर्फको २ करोड ४० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीतर्फको १ लाख ६८ हजार १९० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको २३ लाख ९३ हजार ६१० कित्ता शेयरको लकइन अवधि आउँदो मंसिर ५ गते सकिने भएको हो।

कम्पनीले आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि ३ वर्षसम्म संस्थापक समूह, कम्पनीका कर्मचारी र आयोजना प्रभावितको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ। सोही प्रावधान बमोजिम कम्पनीको उक्त शेयर विगत ३ वर्षदेखि लकइनमा रहेका छन्।

लकइन अवधि सकिएसँगै उक्त शेयर किनबेच गर्न सकिनेछ। तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार शेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*