सिटिजन लाइफ इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम, कर्मचारी, अभिकर्ता र बीमितको बाक्लो सहभागिता (तस्विरुहरु)

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बृहत रुक्तदान कार्यक्रम भव्य रुपमा सञ्चालन भएको छ । आठौं वार्षिकोत्सबको अबसरमा कम्पनीको केन्द्रिय कार्यालय, थापाथलीमा आयोजना गरिएको उक्त बृहत रक्तदान कार्यक्रममा सयौं मानिसहरुले रक्तादान गरिसकेका छन् ।
कम्पनीको रक्तदान कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका विभिन्न शाखाका शाखा प्रमुख, अभिकर्ता, बीमित तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको छ ।

रक्तादान कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीको चिफ मार्केटिङ विभाग प्रमुख भुषण रिमालले सिटिजन लाइफ इन्स्योरेन्सले आठौं वार्षिकोत्सव देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको जानकारी दिए ।
सिटिजन लाइफ इन्स्योरेन्सले आठौं वार्षिकोत्सवको अवसरमा देशव्यापी शाखा कार्यालयहरुमा रक्तदान तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न आर्थिक सहयोग लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कम्पनीको आठौं वार्षिकोत्सव कात्तिक २ गते रहेको छ । सोही अनुरुप सिटिजन लाइफ इन्स्योरेन्सले देशका दुर–दराजका ठाउँहरु बीमा सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।









तस्विरहरुः राजन कठायत, बिजय सिंह













