सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीठी–युनियन पे कार्ड सेवा सुरु 

३१ आश्विन २०८२, शुक्रबार १७:१३

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक एससीठी–युनियन पेकार्डमा आवद्ध भएको छ । यससँगै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर एससीठी–युनियन पे कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।
साथै, यस आवद्धतासँगै ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास यस डेभलपमेन्ट बैंकले लिएको छ ।    दुई दशकदेखि नेपालभर सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो ।  आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*