मन्त्रिपरिषद् बैठकले गर्यो यी २० निर्णयहरु (सूचीसहित)
३१ आश्विन २०८२, शुक्रबार १७:४५

काठमाडौं । सरकारले विद्युत् उत्पादन, प्रसारण र वितरण लगायतका विभिन्न आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विद्युत् उत्पादन, प्रसारण र वितरण लगायतका विभिन्न आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्दै सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले विशेष अदालतमा कार्यरत रजिष्ट्रार जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कीत विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी न्याय परिषद्को सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को-निर्णय-2082-06-30-1760694199












