करोडौं रुपैयाँ पचाउन खुट्टाको औठा छाप लगाउने वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

३१ आश्विन २०८२, शुक्रबार १७:५१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा वडाध्यक्षसहितका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी गाउँपालिका–९ को वडा कार्यालयले छ सय ८३ जना लाभग्राहीको आफैंले औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता निकासा गरेर अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारी समेतका आठ जनालाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दामा अख्तियारले ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्ष भण्डारी, वडा सचिव प्रेमबहादुर बुढा र कार्यालय सहयोगी सोनम कठरिया समेतको योजनामा मृत्यु समेत भइसकेका लाभग्राहीको प्रत्येक वर्ष नवीकरण गराएर, नवीकरण नभएकाहरुको हकमा समेत आफैं औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेर अनियमितता गरिएको उल्लेख छ ।

यस विषयमा बीमापोष्टले यस अघि पनि समाचार लेखिसकेको छ ।

नौ करोड पचाउन जानकी गाउपालिकै वडाध्यक्ष–कर्मचारीले लगाए खुट्टाको औठा छाप

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*