संकटमा नेपाल रि, सञ्चालकद्वारा भटाभट राजीनामा, सिईओ थापासमेत छोड्ने तयारीमा

२ कार्तिक २०८२, आईतवार १०:५१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी एकाएक संकटमा परेको छ । कम्पनीमा रहेका सञ्चालकहरुले धमाधम राजिनामा दिएपछि कम्पनी संकटमा परेको हो । जेन जी आन्दोलनमा अर्बौको बीमा दावी परेको नेपाल पुनर्बीमा कम्पनीमा सिईओ थापाको भ्रष्टाचार काण्डले अर्कै रुप लिएको हो ।

नेपाल पुनर्बीमा कम्पनीका कर्मचारीका अनुसार एकातिर जेन जी आन्दोलनको चर्को दावी भुक्तानीको मार छ भने अर्को सिईओ थापाको भ्रष्टाटार काण्डले कम्पनीले अप्ठेरो अवस्थाको सामना गरिरहेको छ ।

केही दिन अघि दुई जना सञ्चालकले राजिनामा दिएको कम्पनीमा आज दुई जना सञ्चालकको राजिनामा स्वीकृत भएको छ । पछिल्लो अवधीमा कम्पनीबाट चार जना सञ्चालक बाहिरिएका छन् ।

उता, नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले आन्तरिक रुपमा केही रकम भ्रष्टाचार गरेको पाइएको छ । उनले बीमा दावी भुक्तानीमा कमिशन माग्ने गरेको तथा अन्य खर्चमा समेत भ्रष्टाचार गर्न थालेपछि कम्पनी अप्ठेरो अवस्थामा पुगेको छ ।

गत असोजको पहिलो साता राजिनामा गर्ने भन्दै काण्ड मच्चाएका सिईओ थापाले अहिले अब कुनै पनि बेला कम्पनी छोडेर भाग्न लागेको विश्वस्त स्रोतले जनाएको छ । यद्यपि सिईओ थापाले भने बीमापोष्टसँग आफू भाग्ने तयारीमा नभएको दावी गरेका छन् । साथै उनले कुनै भ्रष्टाचार नभएको समेत दावी गरेका छन् । उनले भने, ‘कुनै भ्रष्टाचार भएको छैन, भाग्न लागेको होइन ।’

अर्थ मन्त्रालयले तत्काल सिईओ थापालाई बर्खास्त गरेर कम्पनीमा नयाँ नेतृत्व खटाउनु पर्ने मा कर्मचारीहरुले राख्दै आएको भएपनि सिईओ थापाले उल्टै कर्मचारी र व्यवस्थापनका विरुद्धमा प्रहरीमा उजुरी हालेर दुःख दिएका थिए । अहिले उनै सिईओ थापा आफै राजिनामा गरेर भाग्ने तयारीमा रहेको बुझिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*