पूर्वसचिव डा. संगिता मिश्रा सहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

२ कार्तिक २०८२, आईतवार १३:३६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव एवं तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासहित १४ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ।

अख्तियारले उनीहरू विरुद्ध स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन अर्थात् स्तन एक्स–रे मेसिन खरीद गर्ने क्रममा ठेकेदारसँग मिलेर नआएको सामग्री पनि आइसकेको भन्दै झुट्टा बिल बनाएर करोडौं रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।

अख्तियारले मुद्दा चलाएको संगिता मिश्रा वर्तमान अन्तरिम सरकारमा स्वास्थ्य मन्त्री बन्न लागेको चर्चा समेत चुलिएको थियो। तर सोही बीचमा उनीविरुद्ध अख्तियारको अनुसन्धान अन्तिम चरणमा पुगेको र छिट्टै मुद्दा चलाउने तयारी रहेको कुरा समेत बाहिरिएपछि नियुक्ति रोकिएको थियो।

अख्तियारले संगिता मिश्रा सहितका १४ जनै प्रतिवादीहरूले १४ करोड ६ लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै सोही रकम बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनलाई ७ वर्ष कैद सजायको माग गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*