शेयर बजारमा सुधार, १६ अंकले बजार बढ्दा कारोबार साढे दुई अर्बमा सीमित

२ कार्तिक २०८२, आईतवार १५:०९

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात तिहारको अघिको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १६.६७ अंकले बृद्धि भएर २५०३ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेतापनि कारोबार भने निकै न्युन भएको छ । आज विभिन्न्ँ ३२३ वटा कम्पनीहरुको ६१ लाख १९ हजार कित्ता खरिद–बिक्री हुदाँ दुई अर्ब ७९ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज विकास बैंक उपसूचक, म्यूचअल फण्ड र ननलाइफ इन्स्योरेन्स उपसूचकबाहेक अन्य सम्पूर्ण सूचकमा हरियाली छाएको छ । आइतबार आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै, आइतबार नेपाल रि इन्स्योरेन्सको २८ करोड १० लाख रुपैयाँ र हिमालयन डिस्टीलरीको २५ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तिहार र पछिल्लो समयको राजनीतिक घटनाक्रमले शेयर बजारमा उथल–पुथल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*