आत्मनिर्भर लघुवित्तसहित १६३ कम्पनीको शेयरमूल्य बढ्यो
२ कार्तिक २०८२, आईतवार १५:१९

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात तिहारको अघिको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १६.६७ अंकले बृद्धि भएर २५०३ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आइतबार विभिन्न सेक्टरका १६३ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै, आज हिमालयन पावर पार्टनर, भगवति हाइड्रोपावर, एशियन हाइड्रोपावर, अभियान लघुवित्त, युनियन हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।














