आज देशैभर भाइटीका मनाइँदै, उत्तम साइत बिहान ११ः३९ बजे

६ कार्तिक २०८२, बिहीबार ०५:००

काठमाडौं । आज कार्तिक ६ गते यमपञ्चकको अन्तिम दिनका रूपमा देशभर भाइटीका पर्व मनाइँदैछ। नेपालीहरूको महान् चाड तिहारको समापन दिवसका रूपमा आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै टीका तथा माला लगाइदिने परम्परा अनुसार भाइटीका मनाइँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। यही साइतमा दिदीबहिनीहरूले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाई माला र मिठाइ अर्पण गर्ने परम्परा रहँदै आएको छ।

भाइटीकामा बहिनीहरूले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै अक्षता, दही र फूल प्रयोग गरी सप्तरंगी टीका लगाउँछन् भने दाजुभाइले पनि बहिनीहरूलाई उपहार तथा दक्षिणा दिएर स्नेह र आशीर्वाद प्रकट गर्छन्।

तिहारको पाँच दिनसम्म चल्ने यो पर्वमा काग तिहार, कुकुर तिहार, गाई पूजा, गोवर्धन पूजा र अन्त्यमा भाइटीका गरी उल्लासपूर्वक मनाइने परम्परा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*