आज तोलामा ३०० रुपैयाँले बढ्यो सुनको भाउ
३ कार्तिक २०८२, सोमबार ११:१३

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलमा ३०० रुपैयाँले बढेको छ भने चाँदी तोलमा ५ रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँका दरले कारोबार भएको थियो।













