जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा भ्रष्टाचार, कहिले होला छानबिन ?

काठमाडौं । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा आवश्यकता नै नभएका सामाग्रिहरु खरिद गरेर करोडौं रुपैयाँ भ्रष्टाचार गरिएको तथ्य बाहिर आएको छ ।
करिव दुई वर्ष अगाडी केन्द्रले उर्जा क्षेत्रमा कार्यरत प्राविधिक तथा कर्मचारीहरुलाई तालिम दिने भन्दै करोडौं रुपैयाँका सामानहरु खरिद गरेको थियो । उक्त सामानहरु दुई वर्षसम्म प्रयोग नै नगरी थन्क्याएर राखिएको छ ।
करोडौं मूल्यमा खरिद गरिएका सामानहरु हाल ललितपुरको गोदावरीस्थित तालिमहरु राखिएका छन् । कतिपय सामानहरु दुई वर्षसम्मको अवधिमा प्रयोग नगर्दा बिग्रिने अवस्थामा समेत पुगिसकेका छन् ।

जलस्रोत अनुसन्धान केन्द्रमा आवश्यकता नै नरहेका करोडौं रुपैयाँका सामाग्री खरिद गरेर भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । अख्तियारले उजुरीको आधारमा छानबिन गरी कारबाही अघि बढाउने–नबढाउने अख्तियारको काम बाँकी रहेको छ । राज्य स्रोतको गलत प्रयोग गरेर चरम लापरबाही गरिएको छ । जसको लागि कारबाही आवश्यक रहेको भन्दै आवाज उठिरहेको छ ।













